सुनचाँदी व्यवसायीको हत्या
काठमाडौं, २५ असोज । सर्लाही हरिपुर नगरपालिकाको पिडारीबाट पसल बन्द गरेर घर फर्कदै गरेका कविलासी गाउँपालिका–३ पिपरियाका २७ वर्षिय सुनचाँदी व्यवसायी सुनिल साहको अज्ञात समुहले गोली हानी हत्या गरेका छन । मंगलबार साँझ पसल बन्द गरेर मोटरसाईकलमा घर फर्कदै गर्दा बाटो ढुकेर बसेका ३÷४ जनाको समुहले मोटरसाईकल रोक्न लगाएर साथमा रहेको नगद तथा सुन-चाँदी लुट्न खोज्दै गोली हानी हत्या गरेको मृतकका बुबा नागेन्दर साहले बताए । लुटेराको प्रतिकार गर्न खोज्दा सुनिलको च्यापुमुनी गोली हानी झोलामा रहेको नगद तथा सुन-चाँदीसमेत लिएर फरार भएको प्रहरीले जनाएको छ । गोली लागेर गम्भीर घाईते भएका साहलाई जिल्ला अस्पताल पु¥याए पनि अस्पतालले मृत घोषणा गरेको हो । गोली प्रहार गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी मसाउद आलम खाँले जानकारी दिए ।