एनआरएनमा नयाँ नेतृत्वको लागि निर्वाचन हुदै

२०७४ आश्विन ३० गते, सोमबार

काठमाडौं ,३० असाेज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वको लागि अाज निर्वाचन हुँदैछ । एनआरएनए विश्व सम्मेलनमा ७७ देशबाट सहभागी एक हजार आठ सय ४० गैरआवासीय नेपालीले सोमबार आगामी दुई वर्षका लागि नयाँ नेतृत्वको चुनाव गर्ने भएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय समितिबाट छानिएकामध्ये उक्त संख्याका प्रतिनिधिले रजिस्ट्रेसन गरेपछि मतदाता टुंगो लागेको हो।एनआरएनएको विधानअनुसार एक हजारसम्म सदस्य भएका देशबाट एक सय प्रतिनिधिले मताधिकार पाउ“छन्। हजारभन्दा बढी भएको अवस्थामा प्रत्येक हजारपछि सदस्य र प्रतिनिधिको अनुपात कम हुँदै जान्छ।
एनआरएनमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष र सदस्यहरु रहने व्यवस्था छ । यसैगरी युरोप, अमेरिका, अफ्रिका, एशिया, ओसियाना र मध्यपूर्वका एक÷एक जना गरी छ क्षेत्रीय संयोजक र छ उपसंयोजक तथा महिला संयोजक र उपसंयोजक एक÷एक जना तथा युवा संयोजक र उपसंयोजक एक÷एक जना रहने व्यवस्था गरिएको छ । ती सबै पदमा उम्मेदवारी दिई निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको छ ।
आज दिउँसोबाट मतदान हुनेछ । विद्युतीय मतदानको व्यवस्था गरिएका कारण सोमबार साँझ नै मत परिणाम आइपुग्ने आयोजकले बताएका छन् । आज दिनभरि चलेको बन्दसत्रले अध्यक्ष शेष घलेले प्रस्तुत गर्नुभएको एनआरएनएका मार्गदर्शन प्रस्ताव ‘भिजन २०२० एण्ड वियोण्ड’ पारित गरेको छ ।
प्रस्तावमा नीति निर्माण संस्था र परोपकारी कामका लागि सहयोग कोष स्थापना गर्ने उल्लेख छ । अध्यक्षको अधिकार उपाध्यक्ष, महासचिवलगायतका सचिवालयमा पनि बाँड्ने, गैरआवासीय नेपालीको दोस्रो पुस्तालाई पनि एनआरएनएमा समेट्ने कार्यक्रम ल्याउने उल्लेख छ । सम्मेलन मंगलबार समापन हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु