आज विश्व शहरी योजना र बसोबास दिवस
काठमाडौ, १३ कात्तिक । आज बिश्व शहरी योजना र बसोबास दिवस , नेपालमा पनि शहरी विकास मन्त्रालयले विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । संयुक्त राष्ट्र संघीय मानव बसोबास कार्यक्रमको आह्वानमा प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो सोमबार मनाउने गरिएको छ । तर यो वर्ष दशैं परेकाले आज अक्टोबरको अन्तिम सोमबार यो दिवस मनाउन लागिएको हो । यसवर्षदिवसको नारा ‘आवास नीतिको प्रयास : गच्छे अनुसारका सुरक्षित बास’ रहेको छ ।
यस्तै आजैशहरी योजना दिवस पनि मनाईंदैछ । यो दिवस नोभेम्बर ८ मा परे पनि मन्त्रालयले आज दुवै दिवस एकै दिन मनाउन लागेको मन्त्रालयका प्रवक्ता शम्भु केसीले जानकारी दिनुभयो । शहरी योजना दिवसको नारा भने ‘संघीय नेपालमा शहरी योजना’ तय गरिएको छ । दुवै दिवस मनाउन मन्त्रालयले छुट्टा छुट्टै समिति गठन गरेको छ ।