राष्ट्रपतिलाई अल्टिमेटम !
काठमाडौं, २१ कात्तिक । डा. गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण नभएर पुनः आमरण अनसन बस्ने चेतावनी दिएका छन् । सोमबार डा. केसीले पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण नगरे सात दिनपछि फेरि आमरण अनशन बस्ने जानकारी दिए । त्यो भन्दा पहिले डा. केसीले सात दिने अल्टिमेटम दिएका हुन् । कानूनी अड्चन देखाएर राष्ट्रपतिले अध्यादेश प्रमाणिकरण गर्न ढिलाई गरेको केसीले बताए ।
केसीको माग सम्बोधन गर्न भन्दै सरकारले कात्तिक ६ गते चिकित्सा शिक्षा अध्यादेश पारित गरेको थियो । सरकारले राष्ट्रपतिसमक्ष अध्यादेश पठाएको एक साता भन्दा बढी भइसकेको छ ।