क्रियापुत्री पक्राउ
काठमाडौँ, ५ मंसिर । प्रहरीले बुवाको किरियामा बसेका नेकपा बैतडीका जिल्ला इञ्चार्ज बासुदेव जोशीलाई पक्राउ गरेको छ । जोशीलाई प्रहरीले उनकै घर डिलाशैनी गाउँपालिका ३ रुद्रेश्वरवाट पक्राउ गरेको हो । विभिन्न जिल्लामा नेकपाले उचछृंखल गतिबिधी गरेर नागरिकलाई त्रास तथा चुनाव भाडिने भन्दै जोशीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक हेरम्ब शर्माले जानकारी दिए ।
बुवाको निधन भएको ११ दिनमा किरिया बसेका जोशीलाइ प्रहरीले माथीको आदेश भन्दै नियन्त्रणमा लिएकाले परिवारले आपत्ति जनाएका छन् । प्रहरीले यसअघि पनि बैतडीमा विप्लवका ६ जना नेता कार्यकर्तालाई पक्राउ गरि सार्वजनिक मुद्दा चलाएको छ ।