मतदान केन्द्रमा सुरक्षाकर्मी र कर्मचारी मात्रै

२०७४ मंसिर १० गते, आईतवार

काठमाडौं, १० मंसिर । रोल्पाको थबाङमा यति बेलासम्म मतदान सुरु हुन सकेको छैन । मतदान केन्द्रमा सुरक्षाकर्मी र कर्मचारी मात्रै देखिएका छन् ।
चिसोको कारण मतदाता बाहिर ननिस्केका हुन् वा मतदान नै नगर्ने हुन् अहिले नै केही भन्न नसकिने मतदानस्थलमा रहेका कर्मचारी भन्छन् । हिजो साँझ मात्र नेपाल कम्युनिस्ट पार्टीका स्थानीय कार्यकर्ताको अगुवाइमा थबाङ मशाल जुलुस समेतसहित चुनाव खारेज गर्नु पर्ने नाराबाजी गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]