तारा एयरको विमान दुर्घटना, तीन घाइते
काठमाडौं, १२ मंसिर । तारा एयरको ९एन–एबिएम कलसाइनको ट्वीनअटर विमान आज बिहान सिमीकोट विमानस्थलको धावन मार्गमा दुर्घटना भएको छ ।सुर्खेतका लागि उडेको सो विमानमा चालक दलका तीन सदस्य र १३ यात्रुसहित १६ जना सवार रहेको बुझिएको छ । दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको हुम्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले बताए ।
उनका अनुसार दुर्घटनामा चालक दलका तीन सदस्य घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ । विमान निर्वाचनका लागि हुम्लामा खटिएका १३ प्रहरी जवान बोकेर सुर्खेततर्फ उडान भर्ने क्रममा थियो । थप विवरण आउन बाँकी छ । – रासस