फोहोर जलाए कारवाही !

२०७४ पुष ७ गते, शुक्रबार

काठमाडौं, ७ पुस । काठमाडौंको वायुप्रदुषण गराउने प्रमुख कारक बनेको फोहोर बाल्ने कार्य नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले सक्रियता देखाएको छ । घर वरपर वा सडक सफा राख्न वा आगोसमेत ताप्ने उद्देश्यले फोहोर बाल्दा प्रदुषण बढेर जनस्वास्थ्यमा समेत जोखिम बढेको भन्दै त्यसलाई रोक्न महानगरपालिकाले कारवाही बढाएको हो । पछिल्ला दिनमा फोहोर जथाभावी बाल्ने कार्यमा संलग्न ५/७ जनालाई दैनिक जरिवानासमेत तिराउने गरेको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले कानुनअनुसार सचेत गराउँदा पनि यस्तो कार्य जारी राखेको पाएपछि कारवाही थालिएको बताए ।
समातिएकाहरुलाई फोहोरमैला व्यवस्थापन ऐन २०६८ तथा नियमावली २०७० बमोजिम ५ हजार जरिवाना गरेर छाडिएको जानकारी कार्कीले दिए । – नागरिक दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]