ग्यास सिलिण्डर विस्फोट , घर ध्वस्त
काठमाडौं, ७ पुस । पुरानो सिलिण्डर ग्यास प्रयोग गर्न घर पुर्याएपछि विस्फोट भएका कारण एक घर जलेर पूर्णरुपमा क्षति भएको छ । गल्छी गाउँपालिका वडा नं ५ सिर्वानीमा बाबुराम तिमल्सिनाले बजारबाट किनेर लगेको ग्यासको सिलिण्डर बिहीबार बेलुका घरभित्र पुर्याउँदा विस्फोट भएपछि घर जलेर ध्वस्त भएको सोही वडाका वडासदस्य विन्दा अधिकारीले बताइन् । ग्यास उद्योगले बजारमा ल्याएको पुरानो सिलिण्डर किनेर लगेलगत्तै विस्फोट भएकाले क्षतिपूर्ति उपलब्ध गराउन घरधनी तिमल्सिनाले माग गरेका छन् । मानिस घर बाहिर भएकाबेला विस्फोट भएकाले मानवीय क्षति नभए पनि अन्नपात, लत्ताकपडा तथा साबै सामग्री नष्ट भएको वडाध्यक्ष प्रेम तामाङले बताए । गाउँमा हालै लगिएका सबै ग्यास सिलिण्डर जाँच गर्न र पुराना सिलिण्डर फिर्ताका लागि आह्वान गर्न लागिएको तामाङको भनाइ छ ।- रासस