देशभर चिसो बढ्यो

२०७४ पुष १३ गते, बिहीबार

काठमाडौं, १३ पुस । राजधानीलगायत देशभर चिसो बढेको छ । दुई साताअघि राजधानीमा न्यूनतम तापक्रम २ डिग्री सेल्सियसमा झरेको थियो भने त्यसपछि क्रमिक रुपमा यसको स्तर बढ्दै जाँदा केही राहत मिलेको थियो । केहीदिन यता न्यूनतम तापक्रम घट्न थालेको छ । आज बिहान काठमाडौंमा तापक्रम ३.६ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज पश्चिमी क्षेत्रको मौसम सामान्यतः बदली हुने र अन्य स्थानको मौसम आंशिक बदली हुने पनि महाशाखाले जनाएको छ । काठमाडौंमा पनि आज आंशिक बदली हुने जनाइएको छ । आज अधिकतम् तापक्रम १८ देखि २० डिग्री सेल्सियसबीच रहने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]