ब्रम्हायणी मन्दिरको मूर्ति चोरी

२०७४ पुष १९ गते, बुधबार

काठमाडौं, १९ पुस । ललितपुरको गोदावरी नगरपालिका–१२ ठेंचोमा रहेको ब्रम्हायणी मन्दिरको ऐतिहासिक मूर्ति चोरी भएको छ । मन्दिर नजिकै रहेको सत्तलमा राखिएको ब्रम्हायणीको मूर्ति गएराति चोरी भएको प्रहरी वृत्त चापागाउँले जनाएको छ । २०७२ सालको भूकम्पले मन्दिरमा क्षति पुर्‍याएपछि ब्रम्हायणीको मूर्ति नजिकैको सत्तलमा राखिएको थियो । पित्तलबाट बनेको डेढ फिट अग्लो सो मूर्तिमा सुनको जलप लगाइएको थियो । आज बिहान मन्दिरमा पूजा गर्न पुगेकाहरुले मूर्ति नदेखेपछि प्रहरीलाई खबर गरेका थिए ।
यसअघि पनि सो मूर्ति तीन पटक चोरी भएको थियो । प्रहरीले हराएको मूर्तिको खोजी भइरहेको र सिसिटिभीका आधारमा अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]