मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं, २० पुस । काठमाडौंको नयाँबसपार्कस्थित ब्याट्री कारखाना अगाडि गएराती मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा लम्जुङको पुरानोकोट–४ का २६ वर्षीय प्रेम बहादुर गुरुङ रहेका छन् । प्रहरीका अनुसार गएराती साँढे ११ बजे बालाजुबाट बनस्थलीतर्फ जाँदै गरेको बा८४प ६०१५ नम्बरको मोटरसाइकलले पैदल हिंडिरहेका गुरुङलाई ठक्कर दिएको थियो । गुरुङको उपचारको क्रममा गएराती साढे २ बजे मृत्यु भएको हो । दुर्घटना पश्चात फरार रहेका मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरी वृत बालाजुले जनाएको छ ।
यसैगरी ,भक्तपुरको पाण्डुबजार सुन्दर बस्तीमा भ्यानको ठक्करबाट ३ महिने बालिकाको मृत्यु भएको छ ।प्रहरीका अनुसार बा१०च ४९२९ नम्बरको भ्यानले काभ्रे घर भई हाल पाण्डुबजार बस्ने ११ वर्षीया लक्ष्मी घ्यावा तामाङ्गलाई ठक्कर दिएको थियो । भ्यानको ठक्करबाट लक्ष्मी घ्यावाले बोकेकी तीन महिनाकी उनकी बहिनी खुसी घ्यावा खसेर गम्भीर घाइते भएकी थिईन् । घाईते बालिकाको उपचारको क्रममा सिद्धि स्मृति अस्पताल भक्तपुरमा मृत्यु भएको हो ।