मानव बेचबिखन तथा ओसारपसारको आरोपमा होटल संचालक पक्राउ
काठमाडौं, २६ पुस । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा झापाको अर्जुनधारा नगरपालिका–११ स्थित एवान होटल एण्ड लजका सञ्चालक राजकुमार सिटौलालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई पक्राउ गी कारबाही शुरु गरेको इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ । सञ्चालक सिटौलाले विभिन्न तीन स्थानका तीनजना युवतीलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा लगाएको र उनीहरुले कमाएको रु चार लाख पनि आफैंले राखी नदिएको बताइएको छ । ती युवतीले प्रहरीलाई दिएको जानकारीका आधारमा सिटौलालाई पक्राउ गरी प्रहरीले मंगलबार सार्वजनिक गरेको हो । ती युवतीलाई होटल सञ्चालक सिटौलाले कोठा भाडामा लिई राखेको र दिनभरि कोठामै राखी रातिको समयमा विभिन्न होटल एवं लजमा सम्पर्कको आधारमा यौनजन्य कार्य गराउन लगाउने गरेको पीडितले जनाएका छन् ।