मेयरको घरमा बम विस्फोट

२०७४ माघ १० गते, बुधबार

काठमाडौं, १० माघ । कैलालीको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदको घरमा बम विस्फोट भएको छ । मेयर साउदको घरमा आज विहान अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ । घर भन्दा ५ मिटर पर खाल्डो खनेर प्रेसर कुकर बम विस्फोट भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । बम विस्फोटबाट घरको भित्ता भत्किए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]