आज खग्रास चन्द्रग्रहण
काठमाडौँ , १७ माघ । आज खग्रास चन्द्र ग्रहण लाग्दैछ । आज साँझ साढे पाँच बजे प्रारम्भ हुने चन्द्र ग्रहण राति करिब ९ बजे समाप्त हुने छ । चन्द्र ग्रहण नेपाल लगायत एसियाका केही मुलुक, अष्ट्रेलिया, अफ्रिकाका केही पूर्वी देश तथा युरोपबाट देख्न सकिन्छ । चन्द्रग्रहण खग्रास तथा खण्डग्रास गरी दुई किसिमको हुने गर्दछ । बुधवारको चन्द्रग्रहण खग्रास चन्द्रग्रहण हो । खग्रास चन्द्र ग्रहण भन्नाले चन्द्रमाको पूरैभाग छेकिएको हुन्छ । बुधबार साँझ ५ बजेर ३३ मिनेट देखि सुरु हुने छ भने राति ८ बजेर ५६ मिनेटमा समाप्त हुनेछ । चन्द्रग्रहण हेर्दा आँखालाई हानी नपुग्ने बैज्ञानीकहरु बताउँछन् । यद्दपि धार्मिक मान्यता फरक रहेको छ । हिन्दु मान्यता अनुसार बुधबार लाग्ने चन्द्र ग्रहण हेर्दा वृष, कन्या, तुला तथा कुम्भ राशि भएकाका लागि फलदायी मानिएको छ । अन्य ग्रह भएका व्यक्तिलाई अफाप हुने विश्वास रहेको छ ।