भ्यान दुर्घटना, एकको मृत्यु

२०७४ माघ १८ गते, बिहीबार

काठमाडौं, १८ माघ । काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा आज बिहान एउटा भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहान ५ बजे स१च ११३४ नम्बरको भ्यान अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु हुनका साथै अर्का एकजना घाइते भएका छन् ।मृत्यु हुनेमा अन्दाजी २७ बर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ । घटनास्थलमै मृत्यु भएका उनको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा गम्भिर घाइते भएका अर्का व्यक्तिलाई भने उपचारको लागि स्थानीय अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
यसैगरी, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर–कंकालनी नगरपालिका–१ भारदहमा बुधबार साँझ ट्रक पल्टिँदा त्यसमा लगिँदै गरिएका २० वटा गोरु मरेका छन । सिरहाबाट मोरङको उर्लाबारीतर्फ जाँदै गरेको गोरु लोड गरिएको ना ६ ख २६४१ नंको ट्रक कोशी ब्यारेज नजिकै पल्टिएको हो । ट्रकमा राखिएका २० वटा गोरु मरेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]