रञ्जीतको घरमा आगलागी

२०७४ फाल्गुन ५ गते, शनिबार

काठमाडौं, ५ फागुन । काठमाडौं महानगरपालिका वडा नं. २१ लगनटोलस्थित अमृत रञ्जीतको घरमा भीषण आगलागी भएको छ । आगलागीमा परेर प्रविण श्रेष्ठ घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । मध्यराति रञ्जीतको घरमा आगलागी भएपछि काठमाडौं, ललितपुर र भक्तपुरका दमकल तथा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आज बिहान मात्र आगो नियन्त्रणमा लिइएको छ ।
आगलागीबाट रञ्जीतको घरका दुई वटा सिलिन्डर विस्फोट भएपछि नजिकैको अष्टनारायण महर्जन र सरोज शाक्यको घरमा समेत क्षति पुगेको छ । हिटरबाट आगो सल्किएको आशंका गरिए पनि घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]