सामाजिक सञ्जालमार्फत ठग्ने नाइजेरियन पक्राउ

२०७४ फाल्गुन २० गते, आईतवार

काठमाडौं , २० फागुन । सीअार्इबीले फेसबुक र अन्य सामाजिक सञ्जालमार्फत पार्सल पठाएको छु भनेर प्रलोभन देखाउँदै ठगी गर्ने नाइजेरियन नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नाइजेरियन नागरिक ३० वर्षीय मार्सेलस चिजोङजी छन् । उनले विभिन्न व्यक्तिलाई सामाजिक सञ्जालमार्फत साथी बनाएर हिराको हार, आईफोन लगायत पठाएको भन्दै ठगी गर्ने गरेका थिए । उक्त पार्सल लिन दिल्ली एयरपोर्टमा ट्याक्स क्लीयरेन्स नभएर अड्किएको र त्यसलाई क्लीयर गर्न भन्दै उनले रकम माग्ने गरेका थिए । उनलाई काठमाडौं–२६ बाट नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको सीअार्इबीका प्रमुख पुष्कर कार्कीले बताए ।

प्रतिक्रियाहरु

[anycomment]