ठगी गर्ने भारतीय समातिए

२०७४ चैत्र १३ गते, मंगलवार

काठमाडौं, १३ चैत । महानगरीय अपराध महाशाखाले हिन्दी चलचित्रमा कलाकार बनाइदिने भन्दै ठगी गर्ने दुईजनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले काठमाडौं फिल्म प्रालिमार्फत् कलाकार बनाइदिने भन्दै ठगी गर्ने भारतका विजय ठाकुर र करिष्मा बोहरालाई आइतबार लाजिम्पाटबाट पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । ठाकुर र बोहराले १० जना व्यक्तिसँग रु २५ हजारका दरले रु दुई लाख ५० हजार ठगी गरेको आरोप छ । उनीहरुले विभिन्न व्यक्तिसँग रु १० लाख २५ हजार ठगी गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई मुलुकी ऐन ठगी महलअनुसार कसुरको मात्रा हेरी पाँच वर्षसम्म कैद र विगोबमोजिम जरिवाना हुने व्यवस्था छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज श्रीपञ्चमी

२०८२ माघ १० गते, शुक्रबार

आज सोनाम ल्होसार

२०८२ माघ ६ गते, सोमबार