आज हनुमान जयन्ती

२०७४ चैत्र १७ गते, शनिबार

काठमाडौं, १७ चैत । आज चैत्र शुक्ल पुर्णिमा अर्थात् हनुमान जयन्ती । आज काठमाडौंको बालाजु २२ धारामा मेला लाग्ने गर्दछ । चैत महिनाको पूर्णिमाका दिन स्त्री-पुरुष, बाल–वृद्ध सबैले पवित्र नदीमा स्नान गरेर आफूलाई पवित्र तुल्याउने र यस दिन घरघरमा लक्ष्मी-नारायणलाई प्रसन्न पार्न व्रत बस्ने र सत्यनारायणको कथा श्रवण गर्ने प्रचलन पनि रहेको ज्योतिषी डा. सुनील सिटौलाले जानकारी दिए । डा. सिटौलाका अनुसार शतरुद्र संहितामा हनुमानलाई एकादश रुद्रमध्ये एघारौँ रूप हनुमानको मानिएको छ । हनुमान परमेश्वरको भक्तिको सबैभन्दा लोकप्रिय अवधारणाहरू मध्ये र संस्कृत महाकाव्य रामायणमा सबैभन्दा महत्वपूर्ण व्यक्तिहरू मध्ये एक हुन ।
हनुमानको शुभर्चला देवीसँग बिहे भएको थियो र उनीबाट मकरध्वज नाम गरेका पुत्र पनि जन्मिएका थिए । धर्मशास्त्रका अनुसार वैष्णव सम्प्रदायमा हनुमानलाई ब्रम्हचारी, सङ्कटमोचक, सिद्धिदाता, शत्रुविजयको लागि पनि पूजा गर्ने गरिन्छ । उनको पूजा र उपासना गरेमा रोग व्याधि शत्रु बाधा, राजा भय, प्राकृतिक शक्ति, पिचासी शक्ति, भूत, बोक्सी, बतास, खोला, आगो, राक्षसी शक्ति प्रकोप र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने धारणा आज पनि विश्वास गर्ने गरिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]