चैत २२ देखि वातावरण तथा दीगो विकाससम्बन्धी सम्मेलन

२०७४ चैत्र २० गते, मंगलवार

काठमाडौं, २० चैत । वातावरण तथा दीगो विकाससम्बन्धी सम्मेलन गरिने भएको छ । काठमाडौंमा चैत २२ गते देखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र त्रिभुवन विश्वविद्यालयअन्तर्गत् विज्ञान तथा प्रविधि अध्ययन संस्थानको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो ।
सम्मेलनको प्रमुख विषय प्रकृति, विज्ञान र समाज रहेको जानकारी गराइएको छ । सम्मेलनमा करिब २०० युवा अनुसन्धानकर्ता सहभागी हुनेछन् ।
अनुसन्धानकर्ताले जलवायु परिवर्तन, प्रकोप जोखिम न्यूनीकरण, वातावरणीय प्रदूषण र स्वास्थ्यसम्बन्धी कार्यपत्र पेस गर्ने आयोजकले जनाएका छन् ।
सम्मेलनबारे जानकारी दिन मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. सञ्जय शर्माले प्रविधि र विज्ञानको विकासलेमात्र आर्थिक विकास सम्भव हुने बताए । उनले विज्ञानको विकासमा निजी क्षेत्रहरुले चासो नदेखाएकाले सरकारले नै विज्ञान र प्रविधिलाई विशेष महत्व दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु