भाडा नतिरी बेपत्ता भए कारबाही

२०७५ बैशाख १६ गते, आईतवार

काठमाडौं, १६ बैशाख । के तपाईले घर भाडामा लिएर बस्नुभएको छ, पैसा छैन भनेर भाडा तिर्न हेलचेक्र्याइँ गर्दै हुनुहुन्छ कि ? ३ महिनासम्म पनि भाडा नतिरी बेपत्ता हुनुभयो भने वडा कार्यालयले कारवाहीको प्रक्रिया अघि बढाउनेछ, घरमा ताला लगाएर लज्जित बनाउनसक्छ, ख्याल गर्नुहोला । यो ऐन भदौ १ गतेबाट लागु हुने छ ।
मुलुकी देवानी (संहिता) एने २०७४ को दफा ४ सय ४ मा घर लिने कुनै व्यक्ति विनासुचना तीन महिना वा सोभन्दा बढी अवधीसम्म घरभाडा रकम नबुझाई बेपत्ता भएमा र निजलाई सार्बजनिक रुपमा सूचना गर्दा वा निजको ठेगानामा पत्राचार गर्दा पनि फेला नपरेमा वा फेला परे पनि निज वा निजको कुनै हकवाला वा प्रतिनिधी उपस्थित नभएमा घरधनीले स्थनीय तहको सम्बन्धित वडा कार्यालयमा त्यस्तो ब्यहोराको निवेदन दिनुपर्नेछ ।
त्यसपछि १५ दिनको सूचना दिई वडा कार्यालयले वहालवालालाई उपस्थित हुन सार्बजनिक सूचना गर्नेछ । -नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुनको अवस्था कमजोर

२०८२ श्रावण ३२ गते, शनिबार

श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै

२०८२ श्रावण ३२ गते, शनिबार

नेपालमा मनसुन कमजोर हुँदै

२०८२ श्रावण ३१ गते, शुक्रबार