सडक निर्माण विवादले ज्यान लियो

२०७५ बैशाख २३ गते, आईतवार

काठमाडौं, २३ बैशाख । महोत्तरी जिल्लाको औरही नगरपालिका–६ खोपी गाउँमा गए राति सडक बनाउने सम्बन्धी विवादमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा औरही नगरपालिका–६ बस्ने अन्दाजी ५८ वर्षीय लाल भन्ने लालबाबु दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गए राति ७ बजेतिर सो गाउँमा सडक बनिरहेको विषयमा विवाद परी दुई समूहबीच कुटाकुट हुँदा स्थानीयवासी लाललाबु दासको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक कुबेर कडायतले बताए ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा स्थानीयवासी ६५ वर्षीय शिवशरण दास र ३२ वर्षीय इन्द्रजित दासलाई गए राति नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याएको छ भने उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु