लाङटाङ राष्ट्रिय निकुञ्जको जंगलमा आगोलागी

२०७५ बैशाख २३ गते, आईतवार

काठमाडौं, २३ बैशाख । लाङटाङ राष्ट्रिय निकुञ्जको जंगलमा आइतबार मध्याह्नदेखि आगोलागी भएको छ । प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीकाअनुसार ब्राबलपाखा क्षेत्रको त्रिशूली नदी किनारबाट अचानक जंगलमा लागेको डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजंग गणका अधिकृत तथा जवान र निकुञ्जका कर्मचारी जुटेका छन् । डढेलो क्षेत्र अधिकांश भीर–पहरामा रहेको र बढी हावाहुरी चलेका कारण नियन्त्रणमा ल्याउन कठिनाइ भएको बताइएको छ । डढेलो नियन्त्रणका लागि सम्भावित ठाउँमा फायर फायरिङ पनि अगाडि बढाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु