बस दुर्घटना, १४ जना घाईते

२०७५ बैशाख २४ गते, सोमबार

काठमाडौं, २४ बैशाख । बैतडीको गन्नाबाट महेन्द्रनगरका लागी छुटेको ना ५ ख ४११६ नं को बस दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका १० अनारखोलीमा सोमबार बिहान पौने ३ बजे दुर्घटनामा परेको छ । दुर्घटनामा परि घाईते हुनेहरुमा बस चालक कञ्चनपुरको बेदकोट नगरपालिका ४ का ३५ बर्षिय लोकेन्द्र थापा, सोही ठाउँका २२ बर्षिया सुस्मीता ऐरी, ८ बर्षिय आदर्श धामी ,१६ बर्षिया पशुपती ऐरी, दार्चुला अपिहिमाल गाउँपालिकाका ५ का २८ बर्षिय शेर सिंह धामी ,५ बर्षिय बालक रुपेश धामी,२२ बर्षिया बाग्मती धामी,रिजन धामी, १० बर्षिया हेमन्ती धामी, ८ बर्षिय बिवेक धामी र ५ बर्षिय नितेश धामी रहेका छन् । यस्तै अन्य घाईतेहरुमा बैतडीको दशरथचन्द नगरपालिका २ का १९ बर्षिय बसन्त बोहरा, दार्चुला शैल्यशिखर नगरपालिका ७ का २२ बर्षिय रमेश खत्री र दार्चुला गुल्जर घर भई हाल कैलालीको रामपुर बस्दै आएका ५५ बर्षिय डंकुरे महरा रहेका छन् । घाईतेमध्ये चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घाईते सबैको सुदूरपश्चिम उपक्षेत्रिय अस्पताल, डडेल्धुरामा उपचार भईरहेको छ ।
बिग्रेर सडकमा रोकिराखेको बस एक्कासी पछाडी(ब्याक) हुन गई सडकबाट १० मिटर तल सडकको अर्को घुम्तीमै खसेको हो । बस बीच सडकमै खसेपछी दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध दशरथचन्द राजमार्ग भएर चल्ने लामो तथा छोटो दुरीका गाडी समेत चल्न नसकेको प्रहरीले जनाएको छ ।
यसैगरी,चितवनमा हिजो साँझ चलेको तीव्र हावाहुरीका कारण ढलेका रुखले किचिएर दुई जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाईते भएका छन् । इच्छाकामना गाउँपालिका–७ चिसोपानी भन्ने स्थानमा काठ कटानमा टेन्ट टाँगेर बसेका बेला चलेको ठूलो हावाहुरीका कारण रुख ढलेर किच्दा ४० वर्षीय कर्णबहादुर गुृरुङको घटनास्थलमै मृत्यु भएको हो । रुखले किचिएर शिव गुरुङ र शिव थापा मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । यस्तै हावाहुरीकै कारण भरतपुर महानगरपालिका–१, रामनगरस्थित सतनचुली सामुदायिक वनमा एक महिलाको मृत्यु भएको छ । घाँस दाउरा लिन गएकी स्थानीय ४१ वर्षीया सितली श्रेष्ठको रुखले किचेर घटनास्थलमै मृत्यु भएको हो । ठूलो हावाहुरीका कारण चितवनका विभिन्न स्थानमा ठूलो क्षति भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु