श्रीनिवासलाई हातहतियार तथा खरखजानासम्बन्धी मुद्दा

२०७५ बैशाख २५ गते, मंगलवार

काठमाण्डौ , २५ वैशाख । आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजानासम्बन्धी मुद्दा चलाइएको छ । मोरङ प्रहरीले श्रीनिवासविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मंगलबार मुद्दा दर्ता गराएको हो । त्यस्तै, श्रीनिवासलाई गोली हान्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई भने ज्यानमार्ने उद्योगमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख अरुण बीसीले जानकारी दिए । चौधरी श्रीनिवासका अंगरक्षक हुन् । श्रीनिवासको निर्देशनमा उनले नै गोली हानेका थिए । अर्का आरोपी अधिकारीले हतियारको व्यवस्थापन गरेको प्रहरीले जनाएको छ । आचार्य श्रीनिवासको योजनाअनुसार नै आफूले गोली हानेको चौधरीले प्रहरीसमक्ष बयान दिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुनको अवस्था कमजोर

२०८२ श्रावण ३२ गते, शनिबार

श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै

२०८२ श्रावण ३२ गते, शनिबार

नेपालमा मनसुन कमजोर हुँदै

२०८२ श्रावण ३१ गते, शुक्रबार