चर्चमा बम विस्फोट
काठमाडौँ, ३० बैशाख । धनगगढी उपमहानगरपालिका बोराडाँडीमा रहेको चर्चमा बम विस्फोट भएको छ । प्रदेश नम्बर ७ को अस्थायी राजधानी समेत रहेको धनगगढी उपमहानगरपालिका बोराडाँडीमा रहेको महिला चर्चमा आज विहान बम विस्फोट भएको बताइएको छ । अज्ञात समूहले गराएको विस्फोटबाट चर्चमा क्षति पुगेको बताइएको छ । उक्त स्थानमा अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।