८१६ कैदीको कैद सजाय माफी
काठमाडौं, १५ जेठ । एघारौँ गणतन्त्र दिवसको अबसरमा ८१६ कैदीको कैद सजाय माफी भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासमेत ८१६ कैदीको भुक्तान हुन बाँकी कैदको सजाय माफी गरेकी छिन् । मन्त्रिपरिषदको सिफारिसमा एघारौँ गणतन्त्र दिवस, २०७५ का उपलक्ष्यमा असल चालचलनका कैदीको सजाय छोट्याई सोमबार माफी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।