कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदी

२०७५ जेष्ठ १८ गते, शुक्रबार

काठमाडौं , १८ जेठ । ताप्लेजुङ जिल्ला कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदी बन्दी हुँदा समस्या भएको छ । २५ जनाको क्षमता रहेको कारागारमा अहिले ९१ कैदी बन्दी छन् । क्षमताभन्दा बढी बन्दी हुँदा शौचालय, खानेपानी, भान्सा प्रयोगमा समस्या भएको छ भने सुत्नसमेत कठिन पर्ने गरेको निमित्त कारागार प्रमुख धनिराम सिंहले बताए । कारागारमा ६ वटामात्रै आवास कोठा, साँघुरो किचन, थोरै शौचालयजस्ता समस्यामा उनीहरु परेका हुन् । बन्दीको चाप बढ्दा खेल मैदान र बन्दीलाई उद्योग चलाउन समस्या परेको छ । छुट्टै उपचार कक्षसमेत छैन भने कारागारको भवन पनि जीर्ण बन्दा सुरक्षामा चुनौती थपिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु