एक लाख रुपैयाँसहित ११ जना जुवाडे पक्राउ

२०७५ जेष्ठ २७ गते, आईतवार

काठमाडौं, २७ जेठ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले एक लाख छ हजार नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ । पोखरा लेखनाथ महानगरपालिका–१२ माटेपानी बस्ने ५२ वर्षीय राज गुरुङको घरबाट शनिबार छ बुक ताससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका–११ रानीपौवाका ६२ वर्षीय नेत्रबहादुर गुरुङ, ५५ वर्षीय लक्ष्मण गुरुङ, ५५ वर्षीय गगन गुरुङ, पोखरा–१२ का ६२ वर्षीय कृष्णबहादुर गुरुङ, ५२ वर्षीय राज गुरुङ, ४८ वर्षीय लिहितकुमार गुरुङ, ६० वर्षीय मनबहादुर गुरुङ, वडा नं १३ भद्रकालीका ६५ वर्षीय तेजबहादुर गुरुङ र बाझापाटनका ६० वर्षीय रसबहादुर गुरुङ छन् । शनिबार पक्राउ परेका सबैलाई थुनामा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।- रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुनको अवस्था कमजोर

२०८२ श्रावण ३२ गते, शनिबार

श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै

२०८२ श्रावण ३२ गते, शनिबार

नेपालमा मनसुन कमजोर हुँदै

२०८२ श्रावण ३१ गते, शुक्रबार