सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले आंशिक सेवा सुरु गर्ने

२०७५ असार १० गते, आईतवार

काठमाडौं, १० असार । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले भोलि सोमवारदेखि आंशिक सेवा शुभारम्भ गर्ने भएको छ । अस्पताल ब्यवस्थापनले पत्रकार सम्मेलन गरेर सोमबारदेखि आंशिक सेवा शुभारम्भ गर्ने जानकारी दिएको हो । बैशाख अन्तिम सातादेखि संचालनमा ल्याउने तयारीमा जुटेको अस्पताल व्यवस्थापनले सोमवारबाट सेवा संचालनमा ल्याउन थालेको हो । अस्पतालका अध्यक्ष किस्मत कुमार कक्षपतिका अनुसार सुरुमा ओपीडि सेवा सुरु गरिने बताए । एक सय बेडको पूर्वाधार स्वीकृति पाएपनि सबै हिसाबले ५९ बेड तयार गरेर सेवा शुभारम्भ गर्न लागिएको अस्पतालले जनाएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. विश्वराम पौडेल सहित ५ जना चिकित्सक खटिइसकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले ओपीडी सेवामार्फत यथासम्भव उपचार गर्ने र जटिल प्रकारका विरामीलाई चितवन भरतपुर रिफर गर्ने बताइएको छ ।
हालसम्म ३५ करोड बढी लगानी भैसकेको अस्पतालका भौतिक संरचना निर्माणमा थप २५ करोड रुपैया यस बर्षका लागि माग गरिएको छ । देशकै सुविधा सम्पन्न क्याबिन सहितका ५९ शैया जडान भैरहेको क्यान्सर अस्पतालमा ल्याब, एक्सरे मेसिन, अत्याधिक सुविधा सम्पन्न अपरेशन थियटर तयार भएपछि ओपीडी सञ्चालनमा ल्याउन थालिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु