दशैंमा ‘मेलम्ची पानी पाउन ‘ असम्भव’
काठमाडौं, १० साउन । आगामी असोजमा मेलम्ची पानी पाउने उपत्यकावासीको दुई दशक लामो सपना धकेलिने सम्भावना बढेर गएको छ । ठेकेदारले मुख्य संरचना सुरुङमार्ग फाइनल फिनिसिङ (ढलान)को कामलाई एकरुपता दिन नसक्दा सो सम्भावना बढेर गएको हो ।
गएको चैत अन्तिम साता २६ किलोमिटर लामो मुहानस्थल आम्बाथान-सुन्दरीजल सुरुङमार्ग ब्रेक थ्रु भए (छेडिए) पछि उत्साही सरकारले आगामी दशैं उपहारमा मेलम्ची पानी खुवाउने बाचा गरेको थियो । तीन महिनामा सक्ने लक्ष्यसाथ थालिएको ढलान सो समयमा एक तिहाइ पनि नसकिएपछि मेलम्ची भाखा फेरि सर्ने देखिएको हो ।- नागरिक दैनिकवाट