मुग्लिन–नारायणगढ सडक अवरुद्ध
काठमाडौँ, १९ साउन । अविरल वर्षासँगै घुमाउने भन्ने स्थानमा पहिरो झरेका कारण मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । पानी परिरहेको र ढुंगाहरु झर्ने क्रम नरोकिएकोले पहिरो हटाउन अझै केही घण्टा लाग्ने प्रहरीले बताएको छ । भिरमा ढुंगा अड्किएर बसेकाले कुनै पनि बेला खस्न सक्ने हुँदा उच्च सतर्कता अपनाउन चालक र यात्रुहरुलाई सडक आयोजनाले अनुरोध गरेको छ । त्यसैगरी सडक अवरुद्ध भएका कारण वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले यात्रुहरुलाई आग्रह गरेको छ ।