सवारी साधनमा जोर–विजोड प्रणाली लागू
काठमाडौँ , १३ भदौ । काठमाडौ उपत्यकामा आजबाट तीन दिन सवारी साधनमा जोर–विजोड प्रणाली लागू गरिएको छ। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनलाई मध्यनजर राख्दै काठमाडौ उपत्यकामा सवारी साधनमा जोर–विजोड प्रणाली लागू गरिएको हो ।
बिम्स्टेक सम्मेलनलाई मध्यनजर गर्दै अत्यावश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स, दमकल, सूचना विभागको कार्ड भएका सञ्चारमाध्यमका सवारीसाधन र बिम्स्टेक सम्मेलनको कार्ड भएका तथा निमन्त्रणा गरिएका सवारीसाधन बाहेक सबै सावरीसाधनमा आजदेखि जोर–बिजोर प्रणाली लागू भएको हो।
जोर–बिजोर प्रणाली लागू भएको पहिलो दिन आज बिजोर सवारी साधन संचालन भएका छन्। महानगरीय ट्राफिक प्रहरी प्रभागका अनुसार आज भदौ १३ र १५ विजोर दिनमा विजोर नम्बर (नम्बर प्लेटको अन्तिम अंक १,३,५,७ र ९) भएका सवारीसाधन चल्नेछन्।
भदौ १४ गते जोर दिनमा जोर नम्बर ( नम्बर प्लेटको अन्तिम अंक ०,२,४,६ वा ८) भएका सवारी साधन चल्न पाउनेछन्। बेलुका १० देखि बिहान ६ बजेसम्म भने सबै सवारीसाधन निर्वाधरुपमा सञ्चालन हुन पाउने छन्।