आज कुकुर तिहार

२०७५ कार्तिक २० गते, मंगलवार

काठमाडौँ, २० कात्तिक । आज कुकुर तिहार । सबै नेपालीका घर-आँगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा-मीठा खानेकुरा खुवाउँदै पूजा गरी मनाइँदै छ । आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने विश्वास समेत रहेको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी खानेकुरा खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]