ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०७५ मंसिर ६ गते, बिहीबार

काठमाडौं, ६ मंसिर । भक्तपुरको बालकोटमा गएराति ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास घर भइ हाल ललितपुरको चाँगाथली बस्दै आएका २४ वर्षीय मनोज पुर्वसांगी मगरको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारको क्रममा बीएण्डबी अस्पताल ग्वार्कोमा राति नै मृत्यु भएको हो ।
प्रहरीका अनुसार कौशलटारबाट बालकोटतर्फ जाँदै गरेको बा४ख ८१८२ नम्बरको ट्रिपरले बा९९प ८२८२ नम्बरको मोटरसाइकललाई गएराति ९ बजे ठक्कर दिएको थियो । दुर्घटना पश्चात् फरार रहेका ट्रिपर चालकको खोजी भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नारायणघाट-बुटवल सडक अवरुद्ध

२०८२ जेष्ठ १७ गते, शुक्रबार

१३ दिनअगावै मनसुन भित्रँदै

२०८२ जेष्ठ १६ गते, बिहीबार

एकै परिवारका तीन जनाको हत्या

२०८२ जेष्ठ १५ गते, बुधबार