अाज महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस
काठमाडौं, ९ मंसिर । आज नोभेम्बर २५ अर्थात महिलामाथि हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्षको नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने साथै डिसेम्बर १० सम्म १६ दिन अभियान सञ्चालन गर्ने निर्णयअनुसार यो दिवस मनाइने गरिन्छ । नेपालमा ‘लैंगिक हिंसा र दुर्व्यवहार : छैन हामीलाई स्वीकार’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाउन लागिएको छ । नेपालमा महिला हिंसाका घटनाहरु पछिल्ला वर्षहरुमा बढिरहेको अवस्थामा यो अभियानलाई प्रभावकारी बनाएर जनचेतना अभिवृद्धिमा लाग्नुपर्ने अधिकारकर्मीहरु बताउँछन् ।