आगलागीमा परेर एकै परिवारका चार जनाको मृत्यु

२०७५ मंसिर १० गते, सोमबार

काठमाडौं, १० मंसिर । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर–७ लालझोड़ामा आगलागीमा परेर एकै परिवारका चार जनाको मृत्यु भएको छ । सम्पूर्ण परिवार सुतिरहेको बेला गएराती घरमा एक्कासी आगो लागेपछि लक्ष्मण खनालसहित उनका परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ बर्षीय लक्ष्मण खनाल, ३० बर्षीया राधिका खनाल, ४ बर्षीया सुप्रिया खनाल तथा ३ महिनाका टीकाराम खनाल रहेका छन् । राती ९ बजेको समयमा उक्त आगलागी भएको हो ।
भानु माध्यमिक बिद्यालयबाट २० मिटर नजिक रहेको खनाल परिवारका सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा आगलागी भएको इलाका प्रहरी कार्यालय झिल्झिलेले जानकारी दिएको छ्र । आगलागी के कारणले भएको हो भन्ने बारे प्रहरीले अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नारायणघाट-बुटवल सडक अवरुद्ध

२०८२ जेष्ठ १७ गते, शुक्रबार

१३ दिनअगावै मनसुन भित्रँदै

२०८२ जेष्ठ १६ गते, बिहीबार

एकै परिवारका तीन जनाको हत्या

२०८२ जेष्ठ १५ गते, बुधबार