अाज अन्तर्राष्ट्रिय आप्रवासन दिवस

२०७५ पुष ३ गते, मंगलवार

काठमाडौं , ३ पुस । आज १८ डिसेम्बर अर्थात अन्तर्राष्ट्रिय आप्रवासन दिवस श्रमको सम्मानः राष्ट्रिय अभियान र सिपयुक्त जनशक्ति र स्वरोजगारः आर्थिक समृद्धिको मुल आधार भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाईदैछ । सन् १९९० डिसेम्बर १८ तारिखमा आप्रवासीहरुको अधिकार संरक्षणसम्बन्धी राष्ट्रसंघीय महासन्धि अनुमोदन गरिएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । अहिले विश्वमा आप्रवासनको समस्या जटिल बन्दै गएको छ । अहिले विश्वका झण्डै २५ करोड ८० लाख मानिस आप्रवासीका रुपमा रहेका छन् । विश्वव्यापीकरण, औद्योगिकीकरण, सूचना र सञ्चारको विस्तारसंगै अन्तर्राष्ट्रिय स्तरमा आप्रवासीको संख्या बढ्दै गएको छ । राजनीतिक अस्थितरताका कारण नेपालमा पछिल्लो समयमा रोजगारीका लागि विदेशिनेको संख्या बढेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध

२०८२ जेष्ठ १८ गते, शनिबार

धरान–धनकुटा सडक अवरुद्ध

२०८२ जेष्ठ १८ गते, शनिबार

नारायणघाट-बुटवल सडक अवरुद्ध

२०८२ जेष्ठ १७ गते, शुक्रबार