मनाङमा तापक्रम माइनस २० डिग्री
काठमाडौं,१३ पुस । मनाङमा लामो समयसम्म आकाशमा आकाश बादल लाग्नाका साथै तापक्रम पनि निकै घटेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुसार , “बिहीबार बिहानदेखि यहाँको मौसममा खराबी देखियो । हिमालको वरिपरि कालो बादल लागेको र हावाहुरी आउनाका साथै हिमपात भएर तापक्रम पनि माइनस २० डिग्री सेल्सियस पुगेको छ ।” हिजो दिउँसो करीब १ बजेबाट शुरु भएको हिमपात बिहान ७ बजे रोकिएको माथिल्लो मनाङका गोरे गुरुङले बताउनुभयो । हिमपातले जनमानसमा कुनै असर भने नगरे पनि चिसो भने बढेको छ । अहिले भने हिमपात रोकिएको छ । झन्डै १८ घण्टा निरन्तर हिमपात भएको थियो ।
जल तथा मौसमविद् बरुण गौडेलका अनुसार आज दिनभर मौसममा बदली हुने, साँझपख पुनः हिमपात हुनसक्ने र भोलिबाट मौसममा सुधार आउने सम्भाबना देखिन्छ ।