सरकारले सूचना लुकाउने गरेको ठोकुवा
काठमाडौं, २० पुस । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सूचना लुकाउने छुट कसैलाई पनि नभएको बताएका छन् ।
‘सहकारीमा सूचना’ विषयक आज काठमाडौंमा भएको कार्यक्रममा उनले सार्वजनिक महत्वका सूचना प्रवाह गर्नु सबैको कर्तव्य भएको बताए । सूचना माग्ने हक, अधिकार सबैको सुरक्षित भएको उनको भनाइ थियो । सरकारले सूचना लुकाउने गरेको भन्दै प्रमुख आयुक्त बास्कोटाले सूचना प्रवाहबाट लोकतन्त्र बलियो हुने दाबी गरे । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले अझै पनि सूचनाको हक कार्यान्वयन हुन नसकेको बताए । अहिले पनि सूचना लुकाउने गरिएको भन्दै उनले सही सूचना प्रवाह गर्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरे ।