सांसद उषाकला राई आमाको किरियामा
काठमाडौँ, २६ पुस। एक नम्बर प्रदेशकी प्रदेश सांसद उषाकला राई आफ्नी आमाको किरियापुत्री बसेकी छिन । कपाल मुण्डन गरेर उनी बिहीबारबाट किरिया बसेकी हुन् । दाजुभाइ नभएकी उषाले आमाको काजकिरिया आफैं गर्ने निर्णय गरेको बताइएको छ । सांसद राईकी ७५ वर्षाीया आमा लक्ष्मी राईको बुधबार ग्रान्डी अस्पतालमा निधन भएको थियो ।