आज सोनाम ल्होछार

२०७५ माघ २२ गते, मंगलवार

काठमाडौं, २२ माघ । आज माघ शुक्ल प्रतिपदा अर्थात तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व । मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश भएको छ । यो बर्ष २८५५औँ सोनाम ल्होछार पर्व हो। मञ्जुश्री पात्रो शुरु भएको २८५५औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष भएको मूल आयोजक समितिले भनेको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ। ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले यो पर्वलाई प्रकृतिपूजक पर्वको रुपमा मानिन्छ। मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ। यस अवसरमा आज ३ नंबर प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

प्रतिक्रियाहरु

[anycomment]