३६० किलो चरेससहित तीनजना पक्राउ
काठमाडौं, २७ माघ । केन्द्रीय लागू औषध नियन्त्रण ब्युरोबाट खटेको टोलीले धादिङको गजुरीबाट ३६० किलो लागू औषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ । टोलीले भारतीय कन्टेनरबाट चरेस बरामद गरेको हो । प्रहरीले भारत मोतीहारीका गुलाव खान, चालक ओमप्रकाश र सहचालक मुर्फा बलारालाई नियन्त्रणमा लिएको छ । भारत लैजान लागेको अवस्थामा चरेश नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले यसअघि भारत लैजान लागेकै अवस्थामा २३५ केजी चरेस बरामद गरेको थियो ।