जग्गा हडप्न खोजे जनकारबाही

२०७५ फाल्गुन ४ गते, शनिबार

काठमाडौं , ४ फागुन । नेपाल कम्युनिस्ट पार्टीले ललितपुरको गोदावारीस्थित दमाईडाडामा रहेको हिरादेबी तिमल्सिनाको जग्गामा साध सिमा छुट्याएर किला काडिदिएको छ । गोदावारी नगरपालीका वडा नम्बर १ को दमाईडाँडामा रहेको हिरादेबीको १ आना जग्गा लामो समयदेखि छिमेकी मनिराम खड्काले भोगचलन गर्दै आएका थिए । धनिपूर्जामा हिरादेबीको जग्गा भएपनि भोगचलन भने मनिरामले गर्दै आएको भन्दै केहि समय अघि वडा कार्यलयमा समेत उजुरी परेको थियो ।
हिरादेबीले आफ्नो धनिपुर्जामा भएको जग्गामध्ये १ आना छिमेकीले भोगचलन गर्दै आएकोले आफैले उक्त जग्गा फिर्ता पाउनुपर्ने माग गरेकी थिईन । तर वडा कार्यलयबाट पनि आफुलाई न्याय नदिएको भन्दै जग्गा आफुले फिर्ता नपाएकोले न्याय दिलाईदिन आग्रह सहित उनले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ललितपुरमा समेत उजुरी गरको सो पार्टीले जनाएको छ ।
निवेदनमाथि छानबिन गर्दा हिरादेबीको जग्गा छिमेकी मनिराम खड्काले भोगचलन गरिरहेको पाइएकोले आज (शुक्रवार) जग्गाको सिमाना छुट्याएर किल्ला गाडेको नेकपा ललितपुरले जनाएको छ ।
जग्गाको धनिपूर्जामा हिरादेबीको नाममा उक्त जग्गा भएपनि भोगचलन भने छिमेकीले गरिरहेकोले र वडा कार्यलयमा उजुरी गर्दा समेत पिडितले न्याय नपाएकाले आफुहरुले जग्गाको सिमाना छुट्याईदिएको नेकपा ललितपुरले बतायो । सो पार्टीले आफुहरुले उक्त जग्गा छुट्याएर पिडितलाई नै दिएकोबारे वडा कार्यलयमा समेत जानकारी दिएको जनाएको छ । नेकपाका एक स्थानीय कार्यकर्ताले भने, हामिले वडाध्यक्ष लाई समेत हामि पिडितको उजुरीको आधारमा जग्गा छुट्याईदिन उक्त स्थानमा आएको जानकारी गराउँदै उहाँहरुलाई समेत आउन आग्रह गरेका थियौ, तर उहाँहरु आउनुभएन ।
यता हामिले वडा कार्ययलका वडाध्यक्ष हरिहर कार्कीसँग कुरा गर्दा उहाँले जग्गा बिबाद सम्बन्धी निवेदन कार्यलयमा आएकोले पुष्टि गर्नुभयो । उहाँले भन्नुभयो, जग्गा किन्दा खेरी नै पूर्जा हातमा परेपनि जग्गा कम भएको भन्ने कुरा आएको थियो तर हामिले निवेदन आएपछि हामिले त्यो बिषयमा समन्वय गरेर जग्गा नापेर मिलाईदिने तयारी गरेका थियौ ।
आज बिहान नेकपाका कार्यकर्ता आएर जग्गामा किला गाडेछन्, हामिलाई खबर त गरेका थिए, उहाँले भन्नुभयो, तर मालपोतका प्राविधिकलाई हामिले बोलाएका थियौ, हामि पनि जान्थ्यौ त्यसपछि त भैहाल्थ्यो नि, हामि फोनको भरमा जाने कुरा त भएन । उहाँले थप्नुभयो, फेरी प्राविधिकले नापेर टुङ्ग्याउनुपन कुरामा किला गाडेर मात्र कहाँ हुन्छ र खै के पो गरे ?
मनबहादुरले भोगचलन गरिरहेको जग्गा केहि बढी छ भन्ने कुरा आफुले सुनेको भन्दै उहाँले भन्नुभयो तर यो जग्गा बेचबिखन हुँदा नै गडबढी भएजस्तो देखिन्छ । हामिले यो विवाद वडासम्म आईपुगेपछि कुरा गर्दा मनबहादुरले पनि बढी रहेको जग्गा दिन्छु भनेको थियो ।
पूर्जा अनुसारको जग्गा खोज्नु सहि हो, हामिले पनि मालपोतबाट नापि ल्याएर नै कानुनी रुपमा सौहार्द तरिकाले बिबाद मिलाउने प्रयास हामिले गरेकै हौ वडाध्यक्ष कार्कीले भन्नुभयो ।
उता नेकपा ललितपुरले प्राविधिकलाई ल्याएर नै उक्त जग्गाको सिमाना छुट्याएको भन्दै किला गाडेकै स्थानमा सूचना पनि टाँसेको छ । सदियारलाई सूचना भनेर टागिएको व्यानरमा लेखिएको छ, यो जग्गा प्राविधिकले नापजाँच गरि नक्सा पूर्जी अनुसारको सिमाङ्कन कायम गरिएको छ । जग्गा मिच्ने हर्कत गरि साध सिमाना हटाएमा पार्टीको नीति अनुसार जनकार्वाहि गरिने व्यहोरा अनुरोध छ ।
पार्टीले जग्गाको सिमाना छुट्याएपछि मात्रै वडाले मालपोतबाट प्राविधिक बोलाउने तयारी गरेको प्रतिकृया दिएको भएपनि वास्तविकता त्यस्तो नभएको नेकपाको भनाई छ । जग्गा बिवाद सम्बन्धि निवेदन परेपछि पिडित महिलालाई धम्कि समेत आएको कुरा उनले पार्टीलाई जानकारी गराएको समेत सो पार्टीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]