बन्दीहरु माथी अन्याय नगर्न चेतावनी
काठमाडौँ, ८ फागुन । नेपाल कम्युनिस्ट पार्टीले कारागारका कैदी बन्दीहरु माथि अन्याय नगर्न चेतावनी दिएको छ ।नेकपा झापाका सेक्रेटरी सुमनसिंह पौडेलले बिज्ञप्ती जारी गरी झापा सदरमुकाम चन्द्रगढी स्थिती कारागारमा रहेका कैदी बन्दीहरुको आन्दोलनमा एकेबद्धता जनाउदै यस्तो चेतावनी दिएको हो । कैदी बन्दिले १७ बुंदे माग राखेर आन्दोलन गरेपछी कैदी बन्दिका माग प्रती एकेबद्दता जनाउदै नेपाल कम्युनिस्ट पार्टी झापाले सो चेतावनी दिएको हो ।
सेक्रेटरी पौडेलले जारी गरिएको बिज्ञप्तीमा भनिएको छ, कैदी बन्दीहरुले उठाएका जायज मागहरु यथाशिघ्र पूरा गरि भयरहित अवस्थामा कैद भुक्तान गर्ने वातावरण निर्माण गर्न संमबन्धित पक्षलाई अनुरोध गर्दै आफ्ना गलत कृयाकलापको ढाकछोप गर्नकै निम्ति कैदी बन्दि स्थानतरण नगर्न , प्रशासन प्रयोग गरेर कैदी बन्दी माथी दमन नगर्न सचेत गराउंदै बन्दिहरुका जायज माग पूरा गर्न अनुरोध गर्दछौं । बन्दिहरुले विभिन्न १७ ओटा बिषय अगाडि सार्दै आफ्ना मागहरु राखेका छन।
यसैगरी , नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल झापाको प्रथम बैठक बिर्तामोडमा सम्पन्न भएको छ । सङ्गठनका जिल्ला अध्यक्ष सेसेहाङ लिम्बूको अध्यक्षतामा बसेको बैठकमा मुख्य अतिथि सङ्गठनका मेची संयोजक निमा थिए भने पार्टीका जिल्ला सचिव सुमनसिंह पौडेलको विशेष उपस्थिति थियो । युवा सङ्गठनका मेची संयोजक निमाले युवाहरूलाई योजनाअनुसार सशक्त भएर लाग्न आह्वान गरे । युवाहरूले सबैतिर हस्तक्षेप गरेर अघि बढ्नुपर्ने उनले बताए ।
बैठकमा प्रशिक्षण दिँदै नेकपा झापा सेक्रेटरी पौडेलले भ्रष्टहरूले षड्यन्त्रमूलक ढङ्गले कब्जामा लिएका विकासका योजनाहरू खोसेर युवाहरूले लिनुपर्ने बताए । दलाल, तस्कर र भ्रष्ट जनप्रतिनिधिहरूले स्थानीय स्तरमा हुँदै गरेका कामहरूमा भ्रष्टाचार गरेकाले नेकपाका युवाहरूले सिङ्गो सङ्गठनलाई परिचालन गरेर आफ्नो पहलमा काम गर्न उनले निर्देशन दिए । आफैँ श्रम गरी उत्कृष्ट काम गरेर जनतालाई दिनुपर्ने र त्यसका लागि भ्रष्टहरूको कब्जामा रहेका सबै काम खोसेर अघि बढ्नुपर्ने पौडेलले बताए ।
प्रशिक्षणका क्रममा सेक्रेटरी पौडेलले भने, ‘अब सबै युवाहरूलाई क्रान्तिमा ल्याउनुपर्छ । राज्यको गैरजिम्मेवारीपनका कारण युवाहरूको हालत तहसनहस भएको छ । युवाहरूलाई क्रान्तिमा सहभागी गराएर एकीकृत जनक्रान्ति पूरा गर्नुपर्ने उनको भनाइ थियो । अब क्रान्ति नजिक आइरहेकाले युवाहरूले आफूलाई सैन्यीकृत गर्नुपर्ने स्थिति आएको पनि उनले बताए । बैठकले लागूपदार्थ दुव्र्यसनी गर्ने र गराउनेहरूमाथि कडा कारबाही गर्ने, लापरबाही गर्ने मेनपावर व्यवसायीहरूलाई कारबाही गर्ने, यौन व्यवसाय सञ्चालकहरू तथा भ्रष्टहरूलाई कारबाही गर्ने निर्णय गरिएको युवा सङ्गठनले जनाएको छ ।