निर्मला पन्तको हत्या भएको ७ महिना पूरा

२०७५ फाल्गुन १० गते, शुक्रबार

काठमाडौं, १० फागुन । कञ्चनपुरको भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात महिना पूरा भएको छ । तर अहिलेसम्म हत्यारा फेला पर्न सकेको छैन । प्रहरीले आफ्नै तरिकाले गरेका अनुसन्धान र सरकारबाट गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनले शंकास्पद देखाएका सबै व्यक्तिसँग गरिएको सोधपुछबाट अहिलेसम्म ठोस तथ्य फेला पर्न सकेको छैन ।
गृह मन्त्रालयदेखि प्रहरीका भिन्नाभिन्नै टोलीले घटनाको अनुसन्धान र अध्ययन गरेपनि बलात्कार र हत्यामा संलग्नको पहिचान भने हुन सकेन । परिवारमा छोरी गुमाएको पिडा त छदै थियो त्यसैमा उनीहरुले ७ महिना वितिसक्दा समेत न्याय नपाउदा झनै पिडा थपिएको छ । गत साउन १० मा साथीको घरमा निस्किएकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

प्रतिक्रियाहरु

[anycomment]