राँगोले हानेर मृत्यु
काठमाडौं, ११ फागुन । मर्निङवाकमा निस्किएका चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँका ७० वर्षीय मानबीर महर्जनको राँगाले हान्दा मृत्यु भएको छ । प्रहरीको अनुसार शनिबार बिहान मर्निङवाक हिडेका महर्जनलाई राँगोले आक्रमण गरेको थियो । रोगोँको आक्रमणबाट गम्भीर घाइते भएका महर्जनलाई उपचार गर्न कीर्तिपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । आक्रमण गर्ने राँगोलाई प्रहरीले गाेली हनेर मारेकाे छ । मच्छेगाउँबाट खेद्दै दहचोक पुगेपछि प्रहरीले राँगोमाथि गोली चलाएको थियो । राँगो कसको हो भन्ने खुलेको छैन ।