खैरो हेरोइनसहित चारजना पक्राउ
काठमाडौँ, १४ फागुन । कपिलवस्तुस्थित ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले अवैध लागूऔषध खैरो हेरोइनसहित चार जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–७ का प्रदेशी थारु, सन्दीप भुषाल, राजु थारू र अर्घाखाँची सितगंगा–९ का उदय सुनार छन् । उनीहरुका साथबाट प्रहरीले ४ सय ३२ पुरिया ब्राउन सुगर र अन्य लागूऔषध बरामद गरेको छ । पक्राउ पर्ने चारै जनालाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।