देशभरको मौसम बदली मेघगर्जनसहित पानी पर्ने सम्भाबना
काठमाडौं, १५ फागुन । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिक बदली हुनाका साथै मेघगर्जनसहित पानी पर्ने जनाएको छ । पश्चिमी वायुको प्रभावले काठमाडौँसहित देशको पहाडी भू–भागका केही स्थानहरुमा मध्यान्न पछि मेघगर्जन सहित देशका मध्य, पश्चिम र पूर्वी क्षेत्रको मौसम भोलि बेलुकीसम्म बदली रही अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ती कँडेलले बताए । दाङ, नेपालगन्ज, सुर्खेतलगायत पश्चिमका अधिकांश स्थानमा पानी परिरहेको छ। यस्तै, जोमसोम, जुम्लालगायतका उच्च पहाडी र हिमाली भेगका जिल्लामा हिमपात पनि भइरहेको छ। उहँकाे अनुसार शुक्रबादेखि मात्रै मौसममा सुधार आउने छ।